२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९७ वर्षअघि स्थापित पाटन माविले पायो नयाँ भवन, प्रधानमन्त्रीद्वारा उद्घाटन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि प्राप्तिको राष्ट्रिय अभियान सफल पार्न सरकार हर क्षेत्रबाट लागि परेको बताएका छन् । देशको पुराना विद्यालयहरू मध्ये पर्ने ललितपुरको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले ९७ वर्षअघि अर्थात् देशमा प्रवेशिका परीक्षा बोर्ड बन्नुभन्दा अघि स्थापित विद्यालयले नयाँ भवन पाउँदा गुणस्तरीय शिक्षा दिन सकिने अर्को एक अवसर प्राप्त भएको समेत बताए । विद्यालयको स्थापना १९८१ मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले गरेका थिए ।

पाटन मावि देशमा धेरै पुस्ता, प्रणाली र शासनहबीच पुलको काम गर्ने पनि प्रधानमन्त्री ओलीले बताए । विद्यालय स्थापना तत्कालीन श्री ३ चन्द्र शमशेरमा रहेको धेरै खालका काम गर्ने प्रवृत्तिको परिणामसमेत भएको धारणा पनि उनको थियो ।

हाम्रा बालबालिकालाई गुणस्तरीय शिक्षा दिन सक्छौँ त्यसैले सम्बद्ध सबै बधाईका पात्र छन् । प्रधानमन्त्रीले भवनका लागि ऋण सहयोग उपलब्ध गराएकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन समेत गरेका थिए । ‘हामी समृद्धि प्राप्तिको लक्ष्य प्राप्तिका लागि हरेक क्षेत्रबाट प्रयासअघि बढाइ रहेका छौँ, त्यसका प्रमुख पक्ष मध्ये शिक्षा मध्ये एक हो’, उनले भने ।

करिब १८ करोडको लागतमा बनेको नयाँ विद्यालय भवनमा तीन वटा ब्लक अन्तर्गत २७ कक्षा कोठा र एउटा प्रयोगशालासमेत रहेका छन् । साथै तत्कालीन प्रधानमन्त्री जुद्ध शम्सेर पालामा बनेको एक सभा हलको प्रबलीकरणसमेत यसै अवसरमा गरिएको छ । २०७२ सालको भूकम्पपछि जापान सरकारले पुनर्निर्माण लागि जिम्मा लिएको कुल २ सय ७४ वटा विद्यालयमध्ये पाटन माविसहित २ सय १८ वटाको निर्माण पुरा गरिसकेको छ ।