कोरोना महामारीको उच्च जोखिममा परेका यी स्थानीय तहका सबै शैक्षिक संस्था बन्द हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना महामारीको उच्च जोखिममा परेका यी स्थानीय तहका सबै शैक्षिक संस्था बन्द हुने


६ बैशाख २०७८, सोमबार


School

काठमाडौँ। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका शैक्षिक संस्थाहरूको भौतिक पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना महामारीको उच्च जोखिममा परेका ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार काठमाडौँ उपत्यकाका सबै महानगरपालिका र नगरपालिकाका विद्यालयहरू बन्द हुनेछन् ।

ललितपुरको कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकालाई समोवश गरिएको छैन ।

उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा इटहरी, धरान, जनकपुर, हेटौँडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा पनि वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर र भीमदत्तनगर नगरपालिकामा पनि शैक्षिक संस्थामा विद्यार्थी भौतिक रूपमा उपस्थित नभई वैकल्पिक विधिबाट शैक्षिक गतिविधि गर्नुपर्नेछ ।

मन्त्रिपरिषद्बाट तोकिएका स्थानका शैक्षिक संस्थाहरुमात्रै बन्द हुनेछन्, बाँकी ठाउँका विद्यालयको पठन–पाठन सुचारु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस