सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिवार्य लगाउनुपर्ने  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिवार्य लगाउनुपर्ने 


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथामका लागि आदेश जारी गरेको छ । बैठकले सार्वजनिक यातायातमा यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने निर्णय पनि गरेको छ ।

सञ्चार तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले त्यस्ता यात्रुसँग बढीमा १० रुपैयाँ लिएर मास्क बेच्न सक्ने निर्णय गरिएको बताए ।

लामो दूरीका सवारीले सुरु गन्तव्यबाट अन्तिम गन्तव्यसम्म जाँदा बीच भागका यात्रु चढाउन नपाउने र यात्रुको विवरण जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा दिनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी गाडीलाई नियमति सेनिटाइज गर्नुपर्ने गाडीमा चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाइ यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय बैठकले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस