मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनामा कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनामा कोरोना संक्रमण


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ।
सोमबार गरिएको परीक्षणमा श्रेष्ठसहित उनका परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको फेसबुकमार्फत जानकारी गराएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले भनेका छन्।
कोरोना भइसकेपछि सास्ती हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला,’ उनले भनेका छन्, ‘जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला।’
श्रेष्ठको आज जन्मदिन पनि हो। उनले जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन्।

म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जना लाई Corona positive देखिएको छ ! भई सके पछि सास्ती चाही हुने रहेछ…

Posted by Madan Krishna Shrestha on Monday, 19 April 2021

Tags :
प्रतिक्रिया दिनुहोस