माधव नेपालसहित २० जनालाई स्पष्टीकरण सोध्ने निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माधव नेपालसहित २० जनालाई स्पष्टीकरण सोध्ने निर्णय


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २० जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

स्पष्टीकरण चित्तबुझ्दो नभए १० वैशाखमा बस्ने बैठकबाट कारबाही गर्ने एक नेताले जानकारी दिए ।

बैठक १० गते फेरि बस्ने गरी स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस