लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। पोखरेलविरूद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन्।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका ४१ सांसद छन्।

यसअघि नेपाल पक्षका सांसदहरूले कर्णाली प्रदेशमा पार्टी ह्वीप नमानेर फ्लोर क्रस गरेका थिए। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध पनि कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस