कोरोना नियन्त्रण गर्न विस्तृत आदेश जारी गर्दै सरकार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोरोना नियन्त्रण गर्न विस्तृत आदेश जारी गर्दै सरकार


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । कोरोना नियन्त्रण गर्न सरकारले विस्तृत आदेश जारी गर्ने भएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको दोस्रो लहर आएकोले नियन्त्रणका लागि विस्तृत आदेश जारी गर्ने निर्णय गरेको हो ।

कोरोना महामारी थप फैलन नदिन भिडभाड हुने क्षेत्रहरू विद्यालय, रङ्गशाला, यातायात क्षेत्र, रेष्टुरेन्टलगायत वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार सङ्घ, प्रदेश र स्थानीय तह, समाज र समुदाय तथा व्यक्तिका भूमिका र जिम्मेवारी के हुन्छ भन्नेबारे विस्तृत आदेशमा उल्लेख गरिने छ ।

विद्यालय बन्द गर्न नभई अनलाइनलगायतबाट पठनपाठन निरन्तर गरिने पनि मन्त्री त्रिपाठीले जनाएका छन् । सबै विद्यालय बन्द गर्ने नभई अनलाइनलगायत भौतिक उपस्थिति बाहेकका वैकल्पिक प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलाप जारी राख्ने मन्त्री त्रिपाठीको भनाइ छ ।

सम्भवतः आदेश आजै जारी गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस