चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सोमबार न्यायाधीशमा नियुक्त गरेकी हुन् ।

गत फागुन २८ गते न्यायपरिषद् बैठकले चुडाल र सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति सिफारिस गरेको थियो ।

गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस