पूर्वमन्त्री सुवालको निधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पूर्वमन्त्री सुवालको निधन


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । समाजसेवी एवं पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ । ९३ वर्षीय थापाको उनकै निवास झोछेँमा आइतबार साँझ निधन भएको हो ।

प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए ।

पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौँ नगरको मेयर पनि थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरे ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

दिवङ्गत सुवालको सोमबार टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस