अनुसन्धान–अभियोजनलगायतमा प्रयोग हुँदै आएका शब्द फेर्न महान्यायाधिवक्ता कार्यालयको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अनुसन्धान–अभियोजनलगायतमा प्रयोग हुँदै आएका शब्द फेर्न महान्यायाधिवक्ता कार्यालयको निर्देशन


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले अनुसन्धान, अभियोजनलगायतका कामकारबाहीमा प्रयोग हुँदै आएका विभिन्न शब्दावली फेर्न निर्देशन दिएको छ ।

महान्याधिवक्ताको कार्यालयको व्यवस्थापन समितिको बैठकले सबै उच्च र जिल्ला सरकारी वकील कार्यालय र विशेष सरकारी वकील कार्यालय काठमाडौँलाई निर्देशन दिँदै विभिन्न दर्जन बढी शब्दावलीको परिमार्जन गरेको हो ।

जसअनुसार अब अपराधको साटो कसुर शब्द प्रयोग हुनेछ भने अपराधीको साटो कसुरदार हुनेछ । त्यसैगरी प्रारम्भिक प्रतिवेदनको साटो प्रारम्भिक अनुसन्धान प्रतिवेदन, सफलको साटो कसुर ठहर, असफलको साटो कसुर ठहर नभएको शब्दावलीको प्रयोग गरिनेछ ।

मुलुकी संहिताहरू समेतका नयाँ कानुनहरूले गरेको कानुनी व्यवस्था तथा यस क्षेत्रमा विश्वमा आएको परिवर्तित अवधारणा समेतलाई मध्यनजर गरी अनुसन्धान, अभियोजन तथा अन्य काम कारबाहीमा प्रयोग गरिँदै आएको शब्दावलीहरू परिवर्तन गरिएको कार्यालयको भनाइ छ ।

यस्ता छन् निर्देशन

 

 

Tags :
प्रतिक्रिया दिनुहोस