शान्ति सुरक्षा पहिलो प्राथमिकता: मुख्यमन्त्री पौडेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शान्ति सुरक्षा पहिलो प्राथमिकता: मुख्यमन्त्री पौडेल


५ बैशाख २०७८, आइतबार


वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा रहेको बताएका छन् । प्रदेश सरकारले निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरीलाई साधन स्रोतले सुसज्जित गरिने बताए ।

प्रहरी सङ्गठनलाई चुस्तदुरुस्त बनाउन भवन, सवारीसाधनलगायत साधन स्रोत र पर्याप्त जनशक्ति उपलब्धि गराइने उनको भनाइ थियो । उनले प्रहरी प्रदेश सरकार मातहत नआएका कारण लगानी गर्न धेरै समस्या परेको जानकारी दिए । ‘हामीले धेरै नै मेहनत गरेर प्रहरी चौकी भवन बनाएका छौँ’, उनले भने ।

मन्त्रालयका अनुसार पहिलो चरणमा मकवानपुरमा सात, काभ्रेपलाञ्चोक र सिन्धुलीमा छ÷छ, चितवन र रामेछापमा पाँच÷पाँच, रसुवा र दोलखामा गरी चार र धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा तीन÷तीन वटा भवन निर्माण भइरहेका छन् । प्रहरी भवन निर्माणका लागि सबैभन्दा बढी मकवानपुर जिल्लामा रु १८ करोड २१ लाख ९६ हजार छुट्टाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस