२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वसहसचिवले अतिक्रमण गरे रुद्रमती किनारको एक रोपनी आठ आना जग्गा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ ।

कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको काठमाडौँ महानगरपालिका–११ कार्यालयले जनाएको छ । सरकारी जग्गा हडप्ने डोटेललाई जग्गा खाली गर्न र भाडामा राखेको मान्छे अन्यत्र सार्न वडा कार्यालयबाट पत्राचार गरी प्रक्रिया अघि बढाइएको वडाध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए ।

मालपोत र नापी कार्यालयबाट दुवै कित्ताका सार्वजनिक जग्गाको निस्सा प्रमाण लिएर चालु आर्थिक वर्षमै उद्यान निर्माण गर्न लागिएको उनले बताए । एक हप्ताभित्र जग्गा खाली गर्न जनप्रतिनिधिले समयसीमा दिएको कार्यालय जनाएको छ। सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ एक हप्ताभित्र अतिक्रमित सार्वजनिक जग्गा नछोडे आफ्नो नेतृत्वमा डोजर प्रयोग गरेर खाली गराउने बताउँछन् । सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सबै जनप्रतिनिधि र स्थानीयवासी एक हुनुपर्नेमा जोड दिइएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतका सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध अभियान चलाएर खाली गराउन लागिएको उनले जानकारी दिए । अन्यत्र पनि यसरी जग्गा अतिक्रमण गरिएको जानकारी गराउन प्रदेशसभा सदस्य श्रेष्ठले स्थानीयवासीमा आह्वान गरेका छन् ।