परराष्ट्रमन्त्री ज्ञवालीको टिप्पणी : माओवादी नहुँदा पनि देश चल्छ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

परराष्ट्रमन्त्री ज्ञवालीको टिप्पणी : माओवादी नहुँदा पनि देश चल्छ


४ बैशाख २०७८, शनिबार


काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने टप्पणी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका नेताहरु सहभागी नभएको सन्दर्भमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले माओवादी नहुँदा पनि देश चल्ने टिप्पणी गरेका हुन्।

उनले भने, ‘उहाँहरु किन आउनुभएन। किन यस्तो गैरजिम्मेवार हुनुभयो भन्ने कुरा उहाँहरुले जान्ने कुरा हो। उहाँहरुले थाहा पाउनुपर्छ, उहाँहरु नहुँदा पनि देश चाहीँ चल्छ।’

माओवादी केन्द्रले सर्वदलीय बैठकबारे थाहा नभएको बताएका थिए।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रकाशचन्द्र लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी थिए ।

बैठकमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका नेता भने कोही सहभागी भएका थिएनन् । त्यस्तै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र याादव पनि बैठकमा गएका थिएनन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस