भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ


४ बैशाख २०७८, शनिबार


नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा १९० नमुना परीक्षण गर्दा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

कोरोना पुष्टि भएका अधिकांश बाँकेका रहेका छन् । जिल्लामा केही दिनयता दैनिक ठूलो संख्यामा संक्रमित थप भइरहेका छन् ।

नाकामा मात्र २५ जना कोरोना पोजिटिभ देखिएका छन् । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका ९४ जनाको मृत्यु भइसकेको छ ।

शुक्रबार मात्रै भेरी अस्पतलामा १८३ वटा नमुना परीक्षण गर्दा १२७ मा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार पोजिटिभिटी रेट ६९.४ प्रतिशत रहेकोमा शनिबार ५५.७८ प्रतिशत देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस