सर्वदलीय बैठक सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सर्वदलीय बैठक सुरु


४ बैशाख २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा कोरोनाको दोस्रो लहरबाट कसरी जोगिने तथा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।

लामो समयदेखि सबै दलसँग भेटघाट तथा छलफल नभएको भन्दै प्रधामन्त्री ओलीले सामाजिक तथा राजनीतिक विषयमा राय–सुझाव लिन पनि बैठक आवश्यक रहेकाले बोलाएको स्पष्ट पारेका छन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता बालकृष्ण खाँड, विमेन्द्र नीधि तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीलगायत नेता सहभागी छन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने सहभागी भएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस