नीतिगत भ्रष्टाचारको अध्ययन गर्न उपसमिति गठन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नीतिगत भ्रष्टाचारको अध्ययन गर्न उपसमिति गठन


३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । संसदीय समितिले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ ।

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रवार(आज) बसेको बैठकले रमेशजंग रायमाझीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

सरकारको नजिकका व्यापारीलाई मन्त्रीस्तरीय निर्णयबाट २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिइएकोबारे समितिमा सांसदले प्रश्न उठाएपछि अध्ययनका लागि उपसमिति गठन गर्ने निर्णय भएको समितिले जनाएको छ । त्यसअघि समिति सदस्य रायमाझीले सुपारी निर्यातमा नीतिगत भ्रष्टाचार भएको भन्दै त्यसबारे अध्ययन गर्न समितिको ध्यानाकर्षण गराएका थिए ।

सुपारी आयातका लागि दिइएको अनुमति बारे बुझ्नका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस