खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित, अन्तर्राष्ट्रिय उडानका ४ वटा बिमान डाइभर्ट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित, अन्तर्राष्ट्रिय उडानका ४ वटा बिमान डाइभर्ट


प्रशासन संवाददाता

३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ। आज दिउँसो मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका उडान प्रभावित भएको छ ।

हावाहुरीसँगै परेको चट्याङका कारण त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा विमान अवतरण गर्ने अवस्था नभएपछि ४ वटा अन्तर्राष्ट्रिय र ७ वटा आन्तरिक उडानका बिमान डाइभर्ट गरिएको छ ।

अन्तर्राष्ट्रियतर्फ साउदी अरबबाट आएको हिमालय एयरलाइन्सको बिमान र दिल्लीबाट आएको एयर इन्डियाको बिमान बणारस पठाइएको थियो ।

यस्तै दोहाबाट आएको कतार एअरवेजको बिमान कोलकात्ता र नेपाल एअरलाइन्सको दिल्लीबाट आएको विमान दिल्ली नै डाइर्भट गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै देशका विभिन्न स्थानबाट आएका विमानहरु पनि काठमाडौँमा अवतरण गर्ने अवस्था नभएपछि डाइभर्ट गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस