पछिल्लो २४ घण्टामा ९ सय जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

पछिल्लो २४ घण्टामा ९ सय जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु


३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा सर्वाधिक ३४८ जना संक्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ । यही अवधिमा थप २०८ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस