कांग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कांग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने


३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने भएको छ।

प्रदेशसभा बैठकमा बोल्ने क्रममा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने बताएका हुन्।

उनले भने, ‘हामीले मत दिए पनि मुख्यमन्त्रीको बहुमत पुग्दैन, कमजोर पक्षलाई नै मतदान गर्ने निर्णय गरेका छौं।’

प्रदेशसभामा माओ‌वादी केन्द्रका १२ र कांग्रेसका ६ सांसद छन्।

Tags :
प्रतिक्रिया दिनुहोस