नामिबियालाई कोभाक्सबाट खोप उपलब्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नामिबियालाई कोभाक्सबाट खोप उपलब्ध


एजेन्सी

३ बैशाख २०७८, शुक्रबार


विन्डहक । अफ्रिकी मुलुक नामिबियाले शुक्रबार कोभाक्स मार्फत उपलब्ध गराइएको कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनको अग्रसरतामा स्थापित कोभाक्समार्फत पहिलो चरणमा नामिबियालाई २४ हजार डोज दिइएको छ ।

नामिबियाका स्वास्थ्य तथा समाजसेवा मन्त्री कालुम्बी शाङ्गुलाले अस्ट्राजेनिकाको उक्त खोप देशका विभिन्न भागमा पठाइने बताए।

नामिबियामा हालसम्म तीन हजार ५८७ जनाले खोप लिएका छन् । करिब २५ लाख जनसंख्या रहेको नामिबियाले आफ्नो कूल जनसंख्याको कम्तीमा ६० प्रतिशतलाई खोप दिने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस