प्रदेश–२ को नाम र राजधानीका लागि प्रस्ताव आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश–२ को नाम र राजधानीका लागि प्रस्ताव आह्वान


प्रशासन संवाददाता

३ बैशाख २०७८, शुक्रबार


जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न आह्वान गर्दै सूचना जारी गरेको छ ।

प्रदेश सभा सचिवालयले वैशाख ९ गते दिनको ३ बजेसम्म सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन आह्वान गरेको हो ।

नाम र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सांसदले प्रस्ताव दर्ता गराउन सक्ने सचिवालयले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस