सुनको मुल्य वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मुल्य वृद्धि


प्रशासन संवाददाता

३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । बिहेवारीको मौसम सुरुभएसँगै सुनको बजार भाउमा पुनः वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ ।

आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा तोलामा सात सय रुपैयाँले बढी हो ।

आज सुनको भाउ गत फागुन ११ गते यताकै सबैभन्दा धेरै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजावी सुनको भाउ ९० हजार रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला भाउ १० रुपैयाँले बढेर १३ एक हजार तीन सय रुपैयाँ पुगेको छ । बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस