माडी पठाइँदै राम-सीता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माडी पठाइँदै राम-सीता


३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । भगवान् राम जन्मेको दाबी गरिएको चितवन माडीको अयोध्यापुरीमा राम नवमीका दिन राम, सीता तथा लक्ष्मण र हनुमानको मूर्ति स्थापना हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा तयारी अवस्थामा राखिएका राम–सीताका मूर्ति माडी पठाउन लागेका हुन् । रामको जन्मभूमि भारत नभएर वीरगन्जदेखि पश्चिम ठोरीतिर भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले माडी अयोध्यापुरीमा रामधाम बनाउने योजना अघि सारेका थिए । रामधामको गुरुयोजना बन्दै गर्दा तत्कालका लागि मूर्ति स्थापना गर्ने तयारी थालिएको हो ।

अहिलेसम्मको कार्यक्रम अनुसार वैशाख ७ मा पशुपतिनाथ परिसरस्थित राम मन्दिरबाट प्रधानमन्त्रीले बिदाइ गरेपछि मूर्तिहरू कलश यात्रा गर्दै भद्रकालीसम्म ल्याइनेछ । त्यहाँबाट बग्गीमा राखेर नागढुंगासम्म पुर्‍याइ नागढुंगाबाट करिब ५ सय गाडीसहित मूर्ति देवघाट ल्याइने राम नवमीका दिन माडी लैजाने कार्यक्रम छ ।

राम भारतमा जन्मेका हुन् कुनै ठोस प्रमाण नरहेको र विभिन्न तथ्यहरू केलाउँदा नेपालको माडीस्थित अयोध्यापुरी नै रामको जन्ममुभी हो भन्ने प्रधानमन्त्री ओलीको भनाई पछि खोज, उत्खननलगायतका वृहत् कार्यको थालनी स्वरूप ८ गते मूर्ति स्थापना गर्न लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस