निर्वाचन आयोग पुग्यो माओवादीले हटाएका चार सांसदको पत्र « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्वाचन आयोग पुग्यो माओवादीले हटाएका चार सांसदको पत्र


प्रशासन संवाददाता

३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले कारवाही गरेर हटाएका प्रतिनिधि सभाका चार सांसदको निस्कासनसम्बन्धी औपचारिक पत्र निर्वाचन आयोगमा पुगेको छ ।

रिक्त रहेका पदहरुमा उपनिर्वाचन गराउन आफू तयार रहेको निर्वाचन आयोगले जनाएको छ । तर, संघ र प्रदेशमा सबै रिक्त स्थानहरूका एकैचोटि उपचुनाव गराइने आयोगले स्पष्ट पारेको छ ।

प्रतिनिधि सभाका सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले माओवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेपछि माओवादीले उनीहरुलाई पार्टी सदस्य र सांसद पदसमेत नरहने गरी कारवाही गरेको थियो । चारैजना सांसदहरु पदमुक्त भएको औपचारिक पत्र निर्वाचन आयोगमा आइपुगेको आयोग स्रोतले जानकारी दिएको छ ।

पत्र प्राप्त भएसँगै आयोगलाई चारैजना सांसदको रिक्त स्थानमा उपनिर्वाचनको तयारीमा लाग्न बाटो खुलेको आयोग जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस