टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु


प्रशासन संवाददाता

३ बैशाख २०७८, शुक्रबार


काठमाण्डौँ । रसुवामा टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

कालीका गाउँपालिका–२ स्याउबारीमा गएराति प्रदेश ३–०१–००६ ख १६८८ नम्बरको टिप्पर पल्टिँदा चालक २५ वर्षका सागर तामाङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ज्यान गुमाउने अर्का व्यक्तिको परिचय भने, खुल्न बाँकी नै छ । उनीहरुको जिल्ला अस्पताल रसुवामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस