सासूको सम्पत्ति हिनामिना गरेको आरोपमा जल उत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक रेग्मी पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सासूको सम्पत्ति हिनामिना गरेको आरोपमा जल उत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक रेग्मी पक्राउ


२ बैशाख २०७८, बिहिबार


पक्राउ

काडमाडौँ । जल उत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक कमलप्रसाद रेग्मी पक्राउ परेका छन्।

सासूको सम्पत्ति हिनामिना गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले रेग्मीलाई बल्खुबाट पक्राउ गरेको गरेको हो।

राष्ट्र बैंककी निर्देशक रहेकी उनकी श्रीमती सुष्मा रिजाल रेग्मीलाई चैत २२ मा प्रहरीले पक्राउ गरेको थियो ।

छोरीज्वाईंले आफ्नो सम्पत्ति हिनामिना गरेको र आफूलाई हेरचाह नगरेको भन्दै रिजालकै आमाको जाहेरीपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

८४ वर्षीया आमाले छोरी ज्वाईंले आफ्नो सम्पत्ति अनधिकृत रुपमा लगेको भन्दै जाहेरी दिएकी थिइन्।

आफ्नो माछापुच्छ्रे बैंकमा रहेको रकम र लकरमा रहेका सुनचाँदी अनधिकृत रुपमा निकालेको भन्दै रिजालकी आमाले जाहेरी दिएकी थिइन्। आफ्नो नाममा रहेको सेयर समेत झुक्याएर बिक्री गरेको जाहेरीमा उल्लेख छ।

आफ्नो ३ करोड बढीको सम्पत्ति लगे पनि हेरचाह नगरेको बृद्धाको जाहेरीमा उल्लेख छ। उनीविरुद्ध ज्येष्ठ नागरिक ऐन २०६३ अन्तर्गत कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। यसअघि सुष्मालाई भने अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागारमा पठाइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस