प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच बालुवाटारमा वार्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच बालुवाटारमा वार्ता


२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार भेटवार्ता भएको छ।

बिहीबार दिउँसो दुबै दलले बनाएका कार्यदलका सदस्यसहित उनीहरूबीच बालुवाटारमा वार्ता भएको हो।

भेटवार्तामा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार जसपाका एजेन्डालाई अब कसरी अगाडि बढाउने भन्नेबारे कुराकानी भएको हो।

‘आजको भेटमा हामीले अगाडि सारेका एजेन्डालाई अब कसरी लैजाने भन्नेबारे कुराकानी भएको हो,’ नयाँ सरकारका विषयमा कुनैपनि कुरा नभएको उनको भनाई थियो ।

यसअघि प्रधानमन्त्री ओलीले जसपासँग कुरा गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको कार्यदल बनाएका थिए। जसपाको कार्यदलमा सर्वेन्द्रनाथ शुक्ला र लक्षमणलाल कर्ण छन्।

Tags :
प्रतिक्रिया दिनुहोस