एचआईडीसीएलको सीईओमा अर्जुनकुमार गौतम सिफारिस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एचआईडीसीएलको सीईओमा अर्जुनकुमार गौतम सिफारिस


२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अर्जुनकुमार गौतम सिफारिस भएका छन्।

सरकारले कम्पनीको सीईओ नियुक्त गर्न गठित उपसमितिले गौतमको नाममात्र सिफारिस गरेका हुन

सीईओ बन्नका लागि गौतमका अतिरित्त, कम्पनीका उपमहाप्रवन्धक अरुण रजौरिया, पूर्वसीईओ छविराज पोखरेल, सूर्य अधिकारीलगायत ९ जनाले प्रतिस्पर्धामा भाग लिएका थिए ।

गौतम ४ वर्षका लागि एचआईडीसीएलको सीईओ बन्ने भएका हुन् । पेशाले चाटर्ड एकाउन्टेन्ट गौतम कर्मचारी सञ्चय कोषको वरिष्ठ प्रवन्धक हुन ।

यसअघिका सीईओ पोखरेलले ४ वर्ष कार्यकाल पुरा गरेर माघको अन्तिम साता बाहिरिएका थिए । एचआईडीसीएलमा ८० प्रतिशत सरकार र २० प्रतिशत सर्वसाधारणको लगानी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस