दक्षिण अफ्रिकी राजदूत विश्वकर्माले बुझाए ओहदाको प्रमाणपत्र « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दक्षिण अफ्रिकी राजदूत विश्वकर्माले बुझाए ओहदाको प्रमाणपत्र


२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले त्यहाँका राष्ट्रपति इरिल रामाफोसासमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन् । विश्वकर्माले बुधबार राष्ट्रपति कार्यालय पुगेर ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।

त्यस क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकी राष्ट्रपति र त्यहाँका जनताका लागि पठाएको शुभकामना सन्देशसमेत सुनाएका थिए । त्यसअघि राजदूत विश्वकर्मालाई गार्ड अफ अनर प्रदान गरिएको थियो । उनले दक्षिण अफ्रिका गई कार्यभार सम्हालेको एक सातामै ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।

विश्वकर्मालाई राष्ट्रपति भण्डारीले गत फागुन ११ गते राजदूत नियुक्त गरेकी थिइन् । उनलाई असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिकाका लागि राजदूत सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस