आफ्नै केटि साथीलाई बलात्कार गरेको अभियोगमा पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आफ्नै केटि साथीलाई बलात्कार गरेको अभियोगमा पक्राउ


२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नयाँ वर्षको दिन राति मकवानपुरमा नाबालिकामाथि बलात्कार भएको छ।

हेटौडा उपमहानगरपालिका–६ पुतलीबजार नजिकै रहेको खहरे खोलाको बगरमा एक नाबालिका बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।

ती नाबालिकालाई उनकै केटा साथीले राति साढे १० बजे बलात्कार गरेको र उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–२३ का २१ वर्षीय विशाल पासवान रहेका छन्।

उनी हेटौडा उपमहानगरपालिका–६ मा डेरा गरी बस्थे। प्रहरीका अनुसार ती युवालाई हिरासतमा लिई अनुसन्धान थालिएको छ। नाबालिकाको स्वास्थ्य परीक्षण गर्न पठाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस