सिंहदरवारभित्रै कर्मचारीको प्रदर्शन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिंहदरवारभित्रै कर्मचारीको प्रदर्शन


२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । निजामती कर्मचारीहरुले सिंहदरवारभित्रै प्रदर्शन गरेका छन् ।

निजामती सेवा ऐनमा कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको भन्दै कर्मचारीहरु सिंहदरवारभित्रै प्रदर्शनमा उत्रिएका हुन्।

हातमा प्ले कार्ड बोकेर उनीहरु शान्तिपूर्ण प्रदर्शनमा छन् ।

आन्दोलनमा सहभागी एक कर्मचारीले निजामती सेवा ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुने गरी व्यवस्था राखिएको हुँदा त्यसको खारेजीको माग गर्दै सेवा अवरुद्ध नहुनेगरी आन्दोलन थालिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस