अमेरिकामा अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकारी पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकामा अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकारी पक्राउ


२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । अमेरिकामा एक अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ परेकी छन् । मिनिसोटामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक युवकको गोली हानी हत्या गर्ने कार्यमा संलग्न प्रहरी अधिकृतलाई पक्राउ गरिएको हो ।

उनीमाथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाउने तयारी भइरहेको छ । सो मुद्दा अनुसार उनी दोषी ठहर भएमा बढीमा १० वर्ष कैद र २० हजार डलरसम्म जरिवाना हुन सक्ने बीबीसीले जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरी अधिकारीको हातबाट गोली चल्दा २० वर्षीय डन्टे राइटको मृत्यु भएको थियो । उनलाई हत्कडी लगाउन खोज्दा प्रहरीसँग घम्साघम्सी भएको थियो । त्यही क्रममा दुर्घटनाबस गोली चलेको प्रहरीले जनाएको थियो ।

यो घटनापछि प्रहरी प्रशासनविरुद्ध स्थानीय प्रदर्शनमा उत्रिँदा तनावको स्थिति सिर्जना हुँदा स्थिति नियन्त्रणमा लिन मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यु लगाउनु परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस