देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेका छन् : चित्रबहादुर केसी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेका छन् : चित्रबहादुर केसी


१ बैशाख २०७८, बुधबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेको बताएका छन्।

अखिल (छैठौं)ले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले ७० वर्ष देखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको बताए ।

उनले भने, ‘नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाए पनि अहिले देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेका छन् ।’

अध्यक्ष केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको बताए । दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षतालाई संस्थागत गर्न चुनौती रहेको उनको भनाइ छ ।

केही दिन अघि पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतको हरिद्वारमा शाही स्नान गरिएको थियो । त्यहाँका साधुसन्तको पूर्वराजा शाहको सम्मानका साथ स्नान गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस