आज थपिए ६०३ जना कोरोना संक्रमित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज थपिए ६०३ जना कोरोना संक्रमित


१ बैशाख २०७८, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५८० जना र एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार २४ घण्टामा देशभर ४ हजार २ सय ८९ पीसीआर र ४२१ एन्टिजेन परिक्षण गरिएको थियो।

आज १२९ जना संक्रमित डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २५४ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौँमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जनामा संक्रमण पुष्टि भएको हो।

हाल देशभर ८० जना कोरोना संक्रमितको आइसीयुमा र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस