पाँच जिल्लामा भोलि सार्वजनिक बिदा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

पाँच जिल्लामा भोलि सार्वजनिक बिदा


१ बैशाख २०७८, बुधबार


काठमाडौँ । सरकारले सिरुवा-पवानी पर्वको उपलक्ष्यमा बिहीबार(भोलि) पाँच जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार २०७८ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म वर्षभरिमा दिइने सार्वजनिक बिदा गत चैत्र ९ गतेको राजपत्रमा प्रकाशित गरेको थियो । राजपत्रमा प्रकाशित सूचना अनुसार नै २०७८ सालको सिरुवा–पावनी पर्व वैशाख २ गते बिहीबार पर्न गएकोले सो दिन पाँच जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस