यसकारण खुलेन लुम्बिनी प्रदेश लोक सेवाको विज्ञापन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यसकारण खुलेन लुम्बिनी प्रदेश लोक सेवाको विज्ञापन


१ बैशाख २०७८, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेश लोक सेवा आयोगले वार्षिक कार्य तालिका अनुसार विज्ञापन नखुल्नुको कारण स्पष्ट पारेको छ । आयोगले मङ्गलवार सूचना जारी गर्दै प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन मिलान भइरहेकोले नयाँ विज्ञापन नगरिएको जानकारी दिएको छ ।

‘प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन मिलान भइरहेको कारणबाट माग प्राप्त नहुँदा उक्त विज्ञापनहरू प्रकाशित हुन नसकेको’ आयोगद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

आयोगले २०७७ पौषमा वार्षिक कार्यतालिका प्रकाशित गरेको थियो । सोही तालिका अनुसार २०७७ चैत २७ गते खुल्नुपर्ने विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पद, प्रदेश निजामती सेवाका अधिकृत स्तर सातौँ तहका प्राविधिक पदहरू र प्रदेश स्वास्थ्य सेवाका सातौँ तहका पदहरूको विज्ञापन खुलेका थिएनन् ।

सूचना :

May be an image of text

Tags :
प्रतिक्रिया दिनुहोस