दाहाल-देउवा गोप्य भेटघाट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाहाल-देउवा गोप्य भेटघाट


३१ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच गोप्य भेटवार्ता भएको छ ।

महाराजगन्जस्थित व्यापारी प्रमोद राणाको निवासमा नयाँ सरकार गठनका विषयमा देउवा-दाहाल वार्ता भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको सन्दर्भमा भोलि देशवासीको नाममा सम्बोधन गर्न लागेको पूर्व सन्ध्यामा भएको दाहाल-देउवा भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस