सर्लाही र दैलेख करेन्ट लागेर दुई जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सर्लाही र दैलेख करेन्ट लागेर दुई जनाको मृत्यु


३१ चैत्र २०७७, मंगलबार


काठमाडौँ। सर्लाहीको कौडेना गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

कौडेना गाउँपालिका–३ ईनर्वाका २५ वर्षीय वीरेन्द्र ठाकुरको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

फर्निचर उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शुभम् अस्पताल कौडेनामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी दैलेखकको गुराँस गाउँपालिका वडा नम्बर ५ को राउटे गल्छीना नजिक करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

विद्युत्को तार तान्ने क्रममा करेन्ट प्रवाह हुँदा उनको पोलमै करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले बताए ।

विद्युत पोलमा तार खिचिरहेको अवस्थामा करेन्ट प्रवाह हुँदा एक जनाको निधन भएको हो । अहिले त्यहाँ प्रहरीले सम्पर्क गरिरहेको र प्राविधिक ल्याएर शव झारेपछि मात्रै मृत्यु हुने व्यक्ति को हुन भन्ने खुल्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस