५० लाख ठगी गर्ने पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

५० लाख ठगी गर्ने पक्राउ


प्रशासन संवाददाता

३१ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरी रहेका छन् । ठकुरीले नागार्जुन नगरपालिका ६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेका थिए ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई स्वयम्भूबाट फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस