बालबालिकालाई कोरोनाबाट जोगाउन चुनौती: स्वास्थ्यमन्त्री त्रिपाठी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बालबालिकालाई कोरोनाबाट जोगाउन चुनौती: स्वास्थ्यमन्त्री त्रिपाठी


३१ चैत्र २०७७, मंगलबार


काठमाडौँ । सरकारले कोरोना संक्रमणको दोस्रो लहरले डरलाग्दो अवस्था निम्त्याउँदै गरेको भन्दै चुनौती थपिँदै गएको बताएको छ । सरकारको पहिलो कर्तव्य नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ केन्द्रीत रहेर क्रियाशील रहेको जनाएको छ ।

आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले संक्रमण डरलाग्दो अवस्थामा पुगेको बताएका छन् ।

‘डरलाग्दो संक्रमण यस मानेमा छ कि अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् १८ वर्षमाथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको छ ।’

सो अवस्थालाई मध्यनजर गर्दै काठमाडौँसहितका सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्दै अनलाइन माध्यममा जाने भनेर छलफल भएको पनि बताए । तत्कालका लागि केही निर्णय नभएको अवस्थामा उनीहरुलाई संक्रमणबाट जोगाउँदै जनजीवनलाई पनि सामान्य बनाउन सबै पक्षले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस