ट्याक्टरको ठक्करबाट बालकको मृत्यु « प्रशासन
prasaLogo
३१ चैत्र २०७७, मंगलवार

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु


प्रकाशित मिति : 13 April, 2021 12:25 pm

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए । घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नंको ट्याक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठक्कर दिँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिए । घटनास्थल विद्यालयबाट करिब १०० मिटरको दूरीमा रहेको उनको भनाइ छ।

घटनाको जानकारी पाएलगत्तै बडुकोट प्रहरी चौकीबाट गएको प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस