२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कारको झुटो आरोप लगाउने युवतीलाई उल्टै एक महिना कैद र ७५ हजार जरिवाना

अ+ अ-

दाङ । घोराहीका तीन युवाले आफूमाथि सामूहिक बलात्कार गरेको भन्दै झुटो आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत दाङले एक महिना कैद सजायको फैसला सुनाएको छ ।

आफूमाथि सामूहिक बलात्कार भएको दाबी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि झुट्टा मुद्दा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षति पुर्‍याएको ठहर गर्दै अदालतले उनलाई एक महिना कैद सजायको फैसला सुनाएको हो ।

चैत २३ गते बसेको जिल्ला अदालतका जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले बयान फेर्नेलाई उल्टै कैद गर्ने र आरोपित तीनै जना युवालाई क्षतिपूर्तिस्वरुप जनही २५/२५ हजार रुपैयाँ उपलब्ध गराउनु पर्ने फैसला गरेको हो ।

नाबालिग भएकाले बालिकालाई भने छोडिएको छ ।

घोराहीका तीन जना युवाहरूले आफूहरूमाथि सामूहिक बलात्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका एक बालिका र युवतीको मुद्दा अदालतमा पुगेपछि फागुन ४ गतेको बकपत्रमा बलात्कार नभई उनीहरूलाई दुःख दिन उजुरी हालेको भन्दै बयान फेरेका थिए ।