१७० वर्षे इतिहासमा रोयटर्सको प्रधान सम्पादकमा पहिलो पटक महिला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१७० वर्षे इतिहासमा रोयटर्सको प्रधान सम्पादकमा पहिलो पटक महिला


३१ चैत्र २०७७, मंगलबार


एजेन्सी । समाचार संस्था रोयटर्सको १७० वर्षे इतिहासमा पहिलो पटक महिला प्रधान सम्पादक नियुक्त हुने भएकी छन् । प

प्रधान सम्पादकको काम गर्दै आएका स्टीफन जे एड्लरको कार्यकाल सकिन लाग्दा अलेसान्द्रा गलोनीलाई भावी प्रधान सम्पादकका लागि चयन गरिएको रोयटर्सले जनाएको छ ।

४७ वर्षीया गलोनी चार भाषामा पोख्त छिन् । उनले व्यवसाय र राजनीतिक बिटमा रिपोर्टिङ गरेकी हुन् । उनले यस अघि द वाल स्ट्रिट जर्नलमा काम गरेकी थिइन् । रोयटर्समा हाल विश्वभर २४५० पत्रकार आबद्ध छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस