सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने, परिस्थिति हेरेर निर्णय लिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने, परिस्थिति हेरेर निर्णय लिने


३० चैत्र २०७७, सोमबार


काठमाडौँ । सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरूको बारेमा सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपिल गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकमा कोभिड सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)को पछिल्लो प्रस्तावमाथि छलफल गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

उप-प्रधानमन्त्री एवं सीसीएमसी संयोजक ईश्वर पोखरेलले मंगलबार सार्वजनिक सञ्चारमाध्यममार्फत सरकारका तर्फबाट देशवासीलाई मापदण्डको पालनाबारे अपिल गर्ने भएका छन् ।

बैठकमा युके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थिति आङ्कलन बारे छलफल भएको छ । तर, तत्काल लकडाउन गरिहाल्ने या शैक्षिक संस्थालगायतका क्षेत्र बन्द गर्ने निष्कर्षमा भने पुग्न सकेन

सरकारले सङ्क्रमणको परिस्थिति हेरेर निर्णय लिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस