ठोरीमा रोकिएको हुलाकी सडकको काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन « प्रशासन
prasaLogo
३० चैत्र २०७७, सोमबार

ठोरीमा रोकिएको हुलाकी सडकको काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन


प्रकाशित मिति : 12 April, 2021 9:38 pm

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा रोकिएको हुलाकी सडकको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

हुलाकी सडक निर्माण कार्य तत्काल अघि बढाउन माग राखेर ठोरीबाट काठमाडौँ आएको एक प्रतिनिधि टोलीले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले २–४ ओटा रुख र दुई चार कट्ठा जमिनका कारण राष्ट्रिय गौरवको आयोजना निर्माणमा अवरोध गर्न नहुने भन्दै तत्काल समस्या समाधान गरेर काम सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले ठोरीको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै ठोरी–माडीको विकासमा अवरोध भए आफूलाई जानकारी दिन ठोरीवासीसँग भनेका छन् ।

कार्यक्रममा ‘अधुरो हुलाकी सडक सङ्घर्ष समिति’का अध्यक्ष जगेन्द्र पौडेलले हुलाकी सडक निर्माण अवरोधबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस