जापान छात्रवृत्तिका लागि अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीसँग निवेदन माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जापान छात्रवृत्तिका लागि अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीसँग निवेदन माग


३० चैत्र २०७७, सोमबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तालिम छात्रवृत्तिका लागि निवेदन माग गरेको छ ।

जापान सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीहरूलाई उपलब्ध गराउने तालिमका लागि मन्त्रालयले मन्त्रालय वा अन्तर्गतका निकाय वा स्थानीय तहमा कार्यरत शाखा अधिकृत वा सो सरह र सो भन्दा माथिल्लो पदका कर्मचारीहरूमध्येबाट मनोनयन गर्ने निर्णय भएको भन्दै योग्यता पुगेका अधिकृत कर्मचारीहरूबाट निवेदन माग गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस