खनाल-नेपाल समुहको राजनीतिक प्रस्ताव, ओलीले पार्टी विघटनको दिशामा धकेलेको आरोप (प्रस्तावसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खनाल-नेपाल समुहको राजनीतिक प्रस्ताव, ओलीले पार्टी विघटनको दिशामा धकेलेको आरोप (प्रस्तावसहित)


३० चैत्र २०७७, सोमबार


काठमाडौँ । नेकपा एमालेको नेता माधवकुमार नेपाल र झलनाथ खनाल समुहले आफ्नो तर्फबाट छुट्टै राजनीतिक प्रस्ताव तयार पारेको छ।

चैत्र ४ र ५ गते सम्पन्न आफ्नो राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीका तर्फबाट नेता नेपालद्वारा प्रस्तुत तथा भेलाबाट पारित राजनीतिक प्रस्ताव तयार पारेको हो।

प्रस्तावमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी र आन्दोलनलाई विभाजन र विघटनको दिशातर्फ धकेल्दै लगेको गम्भीर अवस्थाबारे उल्लेख गरिएको छ।

नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यक्रमको विपक्षमा उभिएका ओली नेतृत्वमा आएकैले एमालेभित्र समस्या देखिएको नेता नेपालले बताएका छन् ।

ओलीको सामर्थ्य नै गुटबन्दी भएकाले अध्यक्ष भए पनि त्यसलाई निरन्तरता दिइएको पनि प्रस्तावमा उल्लेख गरिएको छ । पार्टीमा विकसित अवस्थालाई यो पक्षले असाधारण परिस्थितिको रुपमा व्याख्या गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस