इटहरीमा टिपरको ठक्करबाट वृद्धको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इटहरीमा टिपरको ठक्करबाट वृद्धको मृत्यु


३० चैत्र २०७७, सोमबार


इटहरी । इटहरीमा टिपरको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ । उनको मृत्युपछि इटहरी चोकमा प्रदर्शन भएको छ ।

००१ ख ८६६५ नम्बरको टिपरको ठक्करबाट इटहरी–२ का ८१ वर्षीया कर्णबहादुर गुरुङको मृत्यु भएको हो । मृतकका आफन्तले इटहरीको मुख्य बजारमा टायर बाल्नुका साथै इलाका प्रहरी कार्यालयअघि धर्ना बसेका छन् । आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् ।

सडक किनारमा हिँडिरहेका गुरुङ ढलेपछि टिपरले पुनः ब्याक गरी मारिएको आफन्तको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस