लघुवित्त संस्थाको सेयर मूल्य वृद्धि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लघुवित्त संस्थाको सेयर मूल्य वृद्धि


३० चैत्र २०७७, सोमबार


शेयर बजार

काठमाडौँ । साताको पहिलो कारोबार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढे पनि सबै कम्पनीहरुको सेयर मूल्य भने बढेको छैन । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने केही समूहका सबइन्डेक्स बढेका छन् भने केही घटेका छन् ।

समग्रमा बजार बढ्दा नेप्से परिसूचकले इतिहास रचेको छ । आइतबार नेप्से परिसूचक १७.२० अंकले बढेर २ हजार ६ सय ९१.५५ अंकमा पुगेको छ । जुन हालसम्मकै उच्च विन्दु हो ।

सोमबार सबैभन्दा धेरै बढ्नेमा भने लघुवित्त समूह देखिएको छ । यो समूहको सबइन्डेक्स ३.६४ प्रतिशतले बढेको छ । अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बढेको छ । कारोबार रकम तथा कारोबार संख्याका आधारमा हेर्दा पनि लघुवित्त संस्थाहरु नै अगाडि देखिएका छन् ।

सबैभन्दा धेरै कमाउनेमा सोमबार अधिकांश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु देखिएका छन् । केही कम्पनीहरुको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि करिब सर्किट लेभलमा नै कारोबार भएको छ ।

पछिल्लो लघुवित्त वित्तीय संस्थाहरुको पुँजी वृद्धिको बहस सुरु भएको छ । पाँच गुणासम्म पुँजी वृद्धि भए पनि आपत्ति हुँदैन् । पुँजी वृद्धिको विषयमा संघको धारणा समेत राष्ट्र बैंकमा बुझाइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस