काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै


३० चैत्र २०७७, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

पार्टी महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

यसअघि २० चैतमा बसेको काँग्रेस बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय गरेको थियो ।

सोमबारको बैठकमा सभापति शेरबहादुर देउवाले सत्ता समीकरणको प्रयासमा भइरहेको प्रगतिबारे केन्द्रीय समितिलाई जानकारी गराउने तयारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस